본문 바로가기
나의 해방구/이런 저런 사진 이야기

네팔 신문 보도 - 바람이 머무는 곳 히말라야-최민식 주연

by 김형효 2008. 10. 6.

दक्षिण कोरियाका प्रख्‍यात अभिनेता छ्वे मीन् सीक् ले नेपाल र नेपालीसंग गांसिएको कोरियन चलचित्रको पोष्‍टर
सार्वजनिक गरेका छन् । दोर्जी नामको एकजना नेपाली धन कमाउन कोरिया आउंछन्, काम गर्दा गर्दै दोर्जीको मृत्‍यु
हुन्‍छ । दोर्जीको कम्‍पनी मालिकको भूमिका गर्नुभएका अभिनेता छ्वे मीन् सीक् मृतक दोर्जीको खरानी उसको परिवारलाइ
सुम्‍पिदिन नेपाल जान्‍छन् तर अफसोच उनको परिवारको हालत देखेर न त दोर्जीको मृत्‍युको खबर दिन सक्‍छन् न त
खरानी नै । अन्‍ततः उनी मृतककै परिवारसंग बस्‍ने निधो गर्छन् । यस्‍तै मार्मिक कथाहरू समेटिएको उनको चलचित्रको नाम
'हिमालया, जहां स्‍वच्‍छ हावाले वास गरेको छ' लाइ २००९ को शुरूमा रिलिज गरिने भएको छ । पुरू जोशी ।